७ चैत्र २०८२, शनिबार | March 21, 2026

घरेलु अवैध मदिराले मदिरा उद्योग धरासायी भयो : मदिरा उद्योगी



बुटवल । घरेलु अवैध मदिरा उत्पादनलाई नियमन गर्न नसक्दा मदिरा उद्योग धरासायी भएको मदिरा उद्योगीहरुले बताएका छन् ।

नेपाल मदिरा उत्पादक सघ नेपालको बुटवलमा भएको भेलामा उपस्थित उद्योगीहरुले अवैध मदिरा उत्पादनलाई निशेष वा करको दायरामा नल्याउदा सम्म मदिरा उद्योगले नाफा हासिल गर्न नसक्ने बताए ।

उनीहरुले मदिरा उद्योगलाई सरकारले कर असुल्ने निकायकारुपमा मात्र हेरेको गुनासो गर्दै अन्तशुल्क र कर बढाउंदै जाने तर कर नतिरी उत्पादन भएका घरेलु मदिरा नियन्त्रण नगर्ने गर्दा उद्योगहरु संकटमा परेको बताए ।

भेलामा बोल्दै नेपाल मदीरा उद्योग सघका केन्दीय महासचिब राजु गुरुडले पछील्लो समय मदीरा उद्योगहरु राज्यका गलत नीतिका कारण धराशायी हुदै गएको बताए ।

उनले बैधानीक उत्पादनमा अन्तशुल्क बढाउँदै जाने तर अवैध मदिरा उत्पादन नरोक्ने सरकारको नीतिका कारण उद्योग संचालन गर्ने नसक्ने अवस्थामा पुगेको बताए ।

लुम्बिनी प्रदेस मदिरा उत्पादन सँघका अध्यक्ष फुलसिह क्षेत्रीले नेपालमा सबै भन्दा धेरै राजश्व तिर्ने मदिरा उद्योगहरु रहेको बताउँदै तर राज्यको नीतिका कारण मदिरा उद्योगको बजार साँघुरिंदै गएको बताए । उद्योग खोल्दा लाग्ने लागत भन्दा राज्यलाई कर बढी तिर्दा पनि मदिरा उद्योगको राज्यले संरक्षण गर्न नसकेको गुनासो गरे ।

राज्यले बैधानिकरुपमा उत्पादन भएका मदिराहरुमा धेरै अन्तशुल्क लगाएर महगो बनाउदा अबैध मदिराले बजार ओगटेको भन्दै राज्यले यसलाई समयमा नियत्रण नगरे नेपालका धेरै मदिरा उद्योगहरु बन्द हुने ठोकुवा गरे ।

उद्योग बन्द हुँदा धेरै नेपालीको रोजगारी समेत गुम्ने उनीहरुको भनाई छ । भेलामा नेपालका करीब ८० मदिरा उद्योगका सन्चालकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : १२ बजे

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा