१५ माघ २०८२, बिहिबार | January 29, 2026

आजको मौसम : प्रदेश १, बागमती र गण्डकीमा आंशिक बदली, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो



काठमाडौं । हाल देशभरको मौसममा उत्तर पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल नेपालको पश्चिमी तथा मध्य तराइ भू-भागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । आज न्युनतम तापक्रम २ डिग्री सेल्सियससम्म पुग्नेछ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस हुनेछ ।

बायुको गति ६ किलोमिटर प्रति घण्टा छ भने भिजिबिलिटी ५ किलोमिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुको मौसममा आंशिक बदली रहने छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, गण्डकी प्रदेश रलुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : ३४ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको