१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सहपाठीकी आमा मृगौला पीडित हुँदा विद्यालयका विद्यार्थीहरुले पठाए उपचार खर्च



बुटवल । मृगौला रोगका कारण लामो समयदेखि उपचाररत गुल्मीकी एक महिलालाई उनको छोराले पढ्ने विद्यालयका विद्यार्थाीहरुले आर्थिक सहयोग पठाएका छन् ।

गुल्मी बाँसखर्ककी ४० वर्षीया जमुना बिकलाई उनको छोराले अध्ययन गर्ने ज्ञवा बलेटक्सार माबिका विद्यालयका विद्यार्थाीहरुले आर्थिक सहयोग पठाएका हुन् ।

विद्यार्थीहरुले उठाएको पैसामा केहि रकम थपेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तोयनारायण ज्ञवालीले मृगौला पीडित जमनालाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ज्ञवालीले विद्यार्थीको रकमसहित ३० हजार नगद गौतम बुद्ध सामूदायिक मुटु अस्पताल बुटवलमामा उपचार गराइरहेकी बिकलाई हस्तान्तरण गरेका थिए ।

विगत ६ महिनादेखि मृगौलाको उपचार गराउने क्रममा सम्पत्ती सकिएपछि थप उपचारका लागि समस्या परेको भन्ने खबर सुनेका आधारमा घर छिमेकका विद्यार्थीहरुले आर्थिक सहयोग पठाएका हुन् ।

आर्थिक स्थिति कमजोर भएकी जमुनाको ६ महिना पहिले मृगौलामा समस्या आएपछि उपचार गराइरहेकी छिन् । लामो समय भारतमा उपचार गराउने क्रममा धेरै रकम खर्च भएको तर समस्या जस्ताको तस्तै रहेको मृगौला पीडित जमुना बिकले बताईन् । जमुनाले हाल बुटवल स्थित गौतम बुद्ध सामूदायिक मुटु अस्पतालमा डायलासिस गराईरहेकी छिन् । अस्पतालमा डायलासिस निशुल्क गरेपनि बुटवलको बसाई तथा औषधीको खर्च जुटाउन समस्या परेको बताईन् ।

बिद्यार्थीहरुले स्वतस्फुर्त आर्थिक सहयोग जुटाएको र बिद्यार्थीले उठाएको रकममा बिद्यालयका शिक्षक तथा ब्यवस्थापन समितिले केहि थप गरेर सहयोग प्रदान गरिएको समितिका अध्यक्ष ज्ञवालीले बताए ।

जमुनालाई यसअघि गुल्मीबाट बिदेशमा गएर बसेका नेपालीहरुले पनि जमुनाको उपचारका लागि आर्थिक सहयोग पठाएका थिए । आफ्नो सहपाठीको आमाको उपचारका लागि खाजा खर्च जोगाएर रकम जम्मा गरेको समेत ज्ञवालीले बताए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : ४० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम