१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

रुपन्देहीका मृगौलाका बिरामीलाई पाल्पालीको आर्थिक सहयोग



बुटवल । लुहु·, बौघा पोखराथोक (पाल्पा) रुपन्देही सम्पर्क समाजले मृगौला पीडितको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ ।

विगत लामोसमयदेखि दुवै मृगौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्यामा परेका बुटवल–११, प्रगतिनगर निवासी पदम रसालीलाई शनिबार एक कार्यक्रमकावीच आर्थिक सहयोग रु ७५ हजार १ सय २५ रुपैया हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद शर्माले यस्तै समस्या तथा दुःखमा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्दै सामाजिक सेवा अग्रसर हुने उदेश्यका साथ संस्थाको स्थापना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्तै समाजसेवामा अग्रसर भइरहने प्रतिबद्धता व्यक्त गरे । मृगौला पीडित रसालीको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अन्य सहयोगीदाताहरुलाई पनि सहयोग गर्नको लागि आग्रह गरे ।

रसालीलाई उक्त सहयोग देश तथा विदेशबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको आर्थिक सहयोग समितिका संयोजक गोपाल गैरेले बताए ।

आर्थिक अवस्था नाजुक भएका कारण छोराछोरी बढाउन समेत अप्ठेरो परेपछि उनको छोराछोरीको शिक्षाका लागि सहयोगी भुमिका खेल्ने संस्थाका कोषाध्यक्ष अशोक रिसालले प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ०६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग