८ चैत्र २०८२, आइतबार | March 22, 2026

ओली निकट नेता र सांसद बालुवाटारमा, प्रचण्ड–नेपाल निकट सांसदको भेला दिउँसो १ बजे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु अलगअलग समुहगत छलफलमा व्यस्त हुन लागेका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदमपछि पार्टी विभाजनको औपचारिक घोषणा मात्र बाँकी हुन लागेको अवस्थामा ओली निकट नेता र सांसदहरु बालुवाटारमा जम्मा हुन थालेका छन् ।  प्रचण्ड-नेपाल निकट नेता र सांसदहरु संसदको लोत्से हलमा भेला हुँदैछन् ।

ओलीले बिहान ९ बजे आफु निकटहरुलाई बालुवाटारमा बोलाएका हुन् । मध्यावधि चुनावको घोषणा गरेका ओलीले अब चुनावमा केन्द्रित हुन उनीहरुलाई निर्देशन दिने बुझिएको छ । सो भेलाबाट पार्टीमा प्रचण्ड–नेपालहरुले चाल्ने रणनीतिको काउन्टर गर्न समेत योजना बन्ने उनी निकट एक नेताले बताए ।

अध्यादेशमार्फत शासन चलाइरहेका ओलीले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिको टेबुलमा यस अघि नै पुर्याइसकेका छन् । संकटपर्दा आफ्नो छुट्टै पार्टी बनाउन सजिलो हुनेगरी अध्यादेश बनाएका ओलीले नेकपा (एमाले)को नाममा पार्टी अघि बढाउनेछन् । उनकै निर्देशनमा यसअघि नै एमाले पार्टी निर्वाचन आयोगमा दर्ता भैसकेको छ ।

ओलीले असंवैधानिक कदम चालेपछि मर्माहत भएका प्रचण्ड–नेपाली पक्षीय नेताहरु एवं सांसदहरु दिउँसो ३ बजे संसदको लोत्से हलमा भेला हुने भएका छन् । प्रधानमन्त्री निवासमै स्थायी कमिटीको बैठक बसेर ओलीमाथि अनुशासनको कारवाहीको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेका नेताहरुले सो भेलामा नेता सांसदहरुलाई विभाजनकारी ओली प्रवृत्तिविरुद्ध एकजुट बनिरहन निर्देशदन दिने बुझिएको छ ।

प्रचण्ड–नेपालहरुले सर्वोच्च अदालतले सरकार र राष्ट्रपतिको असंवैधानिक कमदलाई साथ नदिने विश्वास गरेका छन् । अदालतमार्फत पुनस्र्थापित हुने संसदमा आफ्नो पोजिशन बलियो बनाउन समेत अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्ने गरी नेताहरुबाट निर्देशन आउने प्रचण्ड निकट एक नेताले बताएका छन् ।

आजै नयाँ परिस्थितिबारे कसरी मिलेर जान सकिन्छ भन्नेबारेमा नेकपा, नेपाली काँग्रैस र राष्ट्रिय जनता पार्टी राजपाबीच पनि थप छलफल हुँदैछ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : २० बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड