१५ असार २०८३, सोमबार | June 29, 2026

संसद भवनमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरुको भेला



काठमाडौं । संघीय संसदमा रहेका नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल निकट सांसदहरुको भेला सुरु भएको छ ।

संसद भवन नयाँ वानेश्वरको लोत्से हलमा आयोजित भेलालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका बुहमत सांसदहरु उपस्थित सो भेलामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले चालेको असंवैधानिक कदमका विरुद्ध कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने छ ।

प्रचण्ड नेपाल समुहले हिजै पार्टीको स्थायी कमिटी बैठकमार्फत ओलीको संसद विघटन गर्ने कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रि भएको निस्कर्ष निकाल्दै उनलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो ।

हिजो बिहान नेकपाकै ९० जना सांसदहरुले ओली विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव समेत दर्ता गराएका थिए ।

भेला सुरु हुनु अघि सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो । त्यसअघि प्रचण्ड, नेपाल खनालसहितका नेताहरुले कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए ।

 

 

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : २९ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि