१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद भवनमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरुको भेला



काठमाडौं । संघीय संसदमा रहेका नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल निकट सांसदहरुको भेला सुरु भएको छ ।

संसद भवन नयाँ वानेश्वरको लोत्से हलमा आयोजित भेलालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका बुहमत सांसदहरु उपस्थित सो भेलामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले चालेको असंवैधानिक कदमका विरुद्ध कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने छ ।

प्रचण्ड नेपाल समुहले हिजै पार्टीको स्थायी कमिटी बैठकमार्फत ओलीको संसद विघटन गर्ने कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रि भएको निस्कर्ष निकाल्दै उनलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो ।

हिजो बिहान नेकपाकै ९० जना सांसदहरुले ओली विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव समेत दर्ता गराएका थिए ।

भेला सुरु हुनु अघि सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो । त्यसअघि प्रचण्ड, नेपाल खनालसहितका नेताहरुले कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए ।

 

 

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज