१५ असार २०८३, सोमबार | June 29, 2026

नेकपा ओली समुहको निर्णय : २०७८ मंसिरमा महाधिवेशन, पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली सुमहले आगामी वर्षको मंसिरमा महाधिवेशन आयोजना गर्ने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन आयोजना गर्ने प्रस्ताव आफ्नो समुहका केन्द्रीय सदस्यहरुको बैठकमा राखेका छन् ।

ओली समुहले महाधिवेशन आयोजना गर्न ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

बैठकले ओली समुहको प्रवक्ता प्रदीप ज्ञवालीलाई बनाएको । नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय भएको सो समुहका एक नेताले बताएका छन् । ज्ञवाली परराष्ट्रमन्त्री समेत हुन् ।

ओली समुहको बैठकले दुई दिनभित्रै सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलाका लागि केन्द्रीय नेताहरु खटाइएको छ । जसअनुसार पूर्व माओवादी नेता टोपबहादुर रायमाझीलाई गण्डकी प्रदेशमा तोकिएको छ ।

पूर्व माओवादी नेता लेखराज भट्टसहित प्रदीप ज्ञवालीलाई सुदुरपश्चिमा खटाइएको छ भने कर्णालीमा शंकर पोखरेल र यामलाल कँडेल खटिएका छन् । प्रदेश २ मा सुमन प्याकुरेल जाने भएका छन् भने बागमत प्रदेशमा आनन्द पोखरेलले भेलाको संयोजन गर्ने भएका छन् ।

 

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : ५१ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि