१५ असार २०८३, सोमबार | June 29, 2026

बालुवाटार बैठकको बैधता छैन, असली नेकपा हामी हौं : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार बैठकको कुनै वैधता नभएको दाबी गरेका छन् ।

बबरमहलमा आयोजित नेकपाको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यलाई सम्बोधन गर्दै नेता नेपालले ४४१ सदस्यीय केन्द्रीय कमिटीमा आफुहरुको पक्षमा दुई तिहाई सदस्य भएका कारण यो बैठक नै आधिकारिक हुने जिकिर गरेका हुन् ।

बिहान ओली पक्षीय बैठकलाई संकेत गर्दै नेता नेपालले भने, नेकपाको वास्तविक केन्द्रीय कमिटी संख्या ४४१ हो । बैठकमा दुई तिहाइ केन्द्रीय सदस्यहरु उपस्थित हुनुहुन्छ । त्यसैले बालुवाटार बैठकले कुनै बैधता पाउँदैन । त्यो गुट बैठक मात्रै हो ।’

नेता नेपालले पूर्व एमाले र पूर्व माओवादी भन्ने पार्टी विघटन भैसकेको जनाए । उनले अब नेकपा एमाले ब्युँतिन नसक्ने स्पष्ट पारे ।

निर्वाचन आयोगमा पार्टीको वैधताबारे हल्ला फैलाउन र दबाब दिन खोजिए पनि त्यसमा कुनै सत्यता नरहेको उनले जनाए ।

नेपालले केपी शर्मा ओलीले पार्टीमा आफुबाहेकका अन्य नेताहरुलाई अपमानित गर्ने गरेको स्मरण गरे । पार्टीका वरिष्ठ नेतासामु ओलीले न्यूनतम मर्यादा समेत नराख्ने गरेको जनाउँदै उनले अध्यक्ष प्रचण्डले ओलीको अपमानलाई विष पिएसरी पिएको बताए । नेपालले भने, ‘अध्यक्ष प्रचण्डले अपमानको विष समेत गज्जब गरी पिउनुहुनेरहेछ । उहाँ भएको हुनाले सहज भएको हो नत्र म भएको भए कुर्सी नै लिएर छेउमा बस्थेँ।ु

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : २६ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि