१५ माघ २०८२, बिहिबार | January 29, 2026

सरकारी सेवासुविधा लिनका लागि पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न होटल व्यवसायी महासंघका अध्यक्ष शाहको आग्रह



बुटवल । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले मुलुक भरका होटल व्यवसायीहरुले सरकारी सेवासुविधा लिनका लागि पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न आग्रह गरेका छन ।

उनले ठुला लगानीका व्यवसायीले सरकारबाट राहत लिनका लागि अनिवार्य रुपमा पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न जरुरी रहेको औल्याए । मुलुक भर ८० हजार होटल व्यवसायी रहेको र उनिहरुले वार्षिक २० अर्ब सरकारलदाई करतिर्ने गरेको समेत अध्यक्ष शाहले बताए ।

उनले होटल तथा पर्यटन व्यवसायीले मुलुकमा ३ खर्ब रुपैयां लगानी गरेकोले लगानीको सुरक्षाका लागि सरकार गम्भिर हुनु पर्नेमा जोड दिए ।

कोरोना माहामारीले थला परेको होटल व्यवसायीलाई सरकारी सर्पोट ल्याउनका लागि पनि अनिवार्य रुपमा पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्नुपर्ने भएकोले दर्तामा जान व्यावसायीलाई आह्वान गरे ।

बुटवलको राजमार्ग चौराहामा शुक्रबारदेखि नयां व्यवस्थापन र आधुनिक शैलीमा संचालनमा ल्याईएको रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टको शुभारम्भ गदै अध्यक्ष शाहले व्यवसायीलाई सहुलियपूर्ण ऋणका लागि महासंघले ग्लोबल आईएमई बैकंसंग सम्झौता गरेको पनि बताए ।

रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टका संचालक यमु थापाले आधुनिक शैली र पारिवारीक रुपमा व्यवस्थापन गर्ने गरि २ करोडको लागतमा व्यवसाय संचालन गरेको बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ रुपन्देहीका महासचिव माधव कुमार खनाल, म्यानेजर महेश सिंह, अर्जुन थापा नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवाल लगातले पर्यटन व्यवसाय कोरोनाले धरासायी भएकोले सरकारले राहात प्रदान गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ४१ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण