७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भीम रावलको टिप्पणी, – मन्त्रिपरिषद विस्तार गरेर ओली निरंकुश शासक बने



काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा नेता भीम रावलले ओली निरंकुश शासक बनेको टिप्पणी गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका हुन् ।

रावलले भनेका छन्, ‘आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।’

उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन्।

स्वेच्छाचारी चरित्र र पदको उन्माद ओली आफैंले पर्दाफास गरेको रावलको टिप्पणी छ।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका थिए । तर सरकारको आलोचक संविधानमामिला जानकारहरुले भने प्रतिनिधिसभा विघटन गरेपछि सरकार स्वतः कामचलाउ भएका कारण उनले मन्त्रिपरिषद विस्तार गर्न नपाउने जिकिर गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १२ : २० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल