८ चैत्र २०८२, आइतबार | March 23, 2026

भीम रावलको टिप्पणी, – मन्त्रिपरिषद विस्तार गरेर ओली निरंकुश शासक बने



काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा नेता भीम रावलले ओली निरंकुश शासक बनेको टिप्पणी गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका हुन् ।

रावलले भनेका छन्, ‘आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।’

उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन्।

स्वेच्छाचारी चरित्र र पदको उन्माद ओली आफैंले पर्दाफास गरेको रावलको टिप्पणी छ।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका थिए । तर सरकारको आलोचक संविधानमामिला जानकारहरुले भने प्रतिनिधिसभा विघटन गरेपछि सरकार स्वतः कामचलाउ भएका कारण उनले मन्त्रिपरिषद विस्तार गर्न नपाउने जिकिर गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १२ : २० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय