१५ असार २०८३, सोमबार | June 29, 2026

संसद विघटन विरुद्ध नागरिक अगुवाहरुले गरे सांकेतिक प्रदर्शन



काठमाडौं । संसद विघटनको कदमलाई प्रतिगमनको संज्ञा दिँदै नागरिक अगुवाहरुले विरुद्ध बृहत नागरिक आन्दोलन सुरु गरेका छन् ।

नागरिक अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सडक नाटकसहित सांकेतिक प्रर्दशन गरेका छन्। आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै ओली कदमको चौतर्फी विराध सुरु भएको छ ।

माइतीघरमा भएको प्रदर्शनमा बोल्दै पत्रकार तथा नागरिक अगुवा नारायण वाग्लेले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र धरापमा परेको बताए । उनले सर्वोभमसत्रा संसदमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई संकट पर्दा संसदबाट समाधान खोज्नु पर्ने बताए । उनले भ्यास्सिनको खोजी गर्ने बेला आन्दोलनमा आउन बाध्य पारिनु गलत भएको बताए ।

नागरिक अगुवा तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व प्रवक्ता मोहना अन्सारीले संविधानलाई प्रयोग गरेर अगाडी बढ्नु पर्नेमा पछाडी फर्कने प्रयास भएको बताईन् । संबिधानले सबै समस्याको समाधान खोज्ने थलो हुंदाहुंदै त्यस्तो गलोलाई विघटन गरिएको अन्सारीको भनाई छ ।

माइतीघरमा भेला भएका नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय संघीयता, समावेशितालगायतका उपलब्धिका लागि समेत खतरा बनेको औल्याएका थिए ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ३८ बजे

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ