२५ श्रावण २०८३, सोमबार | August 10, 2026

चन्द्रौटास्थित च्याउफार्ममा आगलागी हुँदा ३३ लाखको क्षति



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आगलागी भएको छ ।

शनिबार अपरान्ह लागेको आगोले फार्मका तीन वटा टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताए। आगालागीका कारण करिब ३३ लाख रुपैयाँ बराबरको क्षति भएको सुवेदीले जानकारी दिए ।

“हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले र पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो”, सुवेदीले भने ।

फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो । बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन् । बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ४८ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरु

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै