५ चैत्र २०८२, बिहिबार | March 19, 2026

लुम्बिनी प्रदेशको ९ जिल्लामा नेकपा प्रचण्ड-नेपाल पक्षको भेला, नेताहरु जिल्ला जिल्लामा



बुटवल । पार्टीमा विभाजन आउने निश्चित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षका नेताहरु कार्यकर्ता आफ्नो पक्षमा अड्याउने अभियानमा दौडधुप गरिरहेका छन् ।

७ वटै प्रदेशका अगुवा कार्यकर्तालाई काठमाडौंमा ओली पक्षले प्रशिक्षण दिईसकेको छ भने प्रचण्ड–नेपाल पक्षले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ ।

प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा आज आइतबार अगुवा कार्यकर्ता भेला राखिएको प्रचण्ड–नेपाल पक्षका तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । जिल्ला भेलालाई सम्बोधन गर्न सबै जिल्लाहरुमा प्रचण्ड–नेपाल पक्षका शीर्ष नेताहरु पुगिसकेका छन् ।

सो पक्षको कार्यक्रम अनुसार रुपन्देहीको भेलालाई घनश्याम भुसाल, डा।विजय पौडेल, हकिकुल्ला खाँ, दधिराम न्यौपाने सहितका नेताहरुले सम्बोधन गर्नेछन् । कपिलवस्तुमा चक्रपाणी खनाल, गिरिधारीलाल न्यौपाने, विष्णु पन्थी लगायतले सम्बोधन गर्नेछन् । त्यसैगरी दाङमा युवराज ज्ञवाली, कृष्णबहादुर महरा, मेटमणि चौधरी तथा बाँकेमा योगेश भट्टराई, महेश्वर गहतराज अथक लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बर्दियामा बर्दियाकै प्रदेश सभासद हिमाल शर्मा, सन्तकुमार थारु, गुल्मीमा सुदर्शन बराल, दिनेश पन्थीलगायत सम्बोधन गर्न नेताहरु जिल्ला पुगिसकेका छन् ।

पाल्पाको भेलालाई नेता सोमप्रसाद पाण्डे, ठाकुर गैरे, तुलामाराम घर्तीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै, अर्घाखाँचीको भेलालाई रामकुमारी झाँक्री, डिलाराम आचार्य र सुशीला श्रीपालीले तथा रुकुम पूर्वमा गणेशमान पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

रोल्पा, नवलपरासी पश्चिम र प्युठानको जिल्ला भेला भने भोलि सोमबार हुने बताइएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा ६ वटा जिल्लामा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष छन् भने ५ जिल्ला अध्यक्षहरु ओली पक्षमा लागेका छन् । दाङका अध्यक्ष वामदेव गौतमको निर्णय कुरेर बसेको बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ११ : १९ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर