८ चैत्र २०८२, आइतबार | March 23, 2026

ओलीले संविधानमाथि ‘कु’ गरे, राष्ट्रपति ‘मतियार’, असंवैधानिक कदमको प्रतिवाद गर्छौ : गगन थापा



काठमाडौं । नेपाली काँग्रेस नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर हुन नसक्ने चुनावका भड्खालोतिर देशलाई लैजान खोजिएको आरोप लगाएका छन् ।

काँग्रेसद्वारा आयोजित विरोध प्रदर्शनको पूर्वसन्धामा नेता थापाले भिडियो सन्देश जारी गर्दै बैशाखमा चुनाव हुन नसक्ने जिकिर गरेका छन् । थापाले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काँग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘‘कांग्रेस टुलुटुलु हेरेर बस्दैन। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको साथमा संविधान धुजाधुजा बनाए,’ उनले भने, ‘यो कदमविरूद्ध लड्ने हो। प्रतिवाद गर्ने हो टुलुटुलु हेरेर बस्ने होइन। संविधान हाम्रो नेतृत्वमा बनेको हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको साथमा संविधानलाई धुजाधुजा बनाएकोले कांग्रेस प्रतिरोधमा उत्रन परेको उनले बताएका छन् ।

नेता थापाले प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको आरोप लगाउँदै भनेका छन् ‘यो अपराध गर्ने ओली हो र मतियार राष्ट्रपति, सिंगो नेकपा र प्रचण्ड–माधव हुन् ।’

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ४५ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय