२९ भदौ २०८३, सोमबार | September 15, 2026

नेपाल टेलिकमले ‘पाठशाला CUG सेवा’ उपलब्ध गराउने



काठमाडौ । नेपाल टेलिकमले विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई ‘पाठशाला CUG सेवा’ उपलब्ध गराउने भएको छ । यसअघि टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला CUG सेवा’ पनि उपलब्ध गराएको थियो ।

महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला ऋग्न् सेवा’ वितरण गरेको हो ।

यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला ऋग्न् सेवामा आबद्ध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई ऋग्न् सेवा उपयोग गर्न सकिनेछ ।

यस अन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह (CUG)मा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा रु. ९९ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ । यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (-https://learning.cehrd.edu.np_)मा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जिबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जिबी डाटा उपलब्ध गराइनेछ ।

त्यसैगरी समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ । साथै, कुनैपनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ ।

विद्यालयले ‘पाठशाला ऋग्न् सिम’ मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ । सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत पाठशाला ऋग्न् सेवाको जानकारी उपलब्ध हुन्छ ।

आकस्मिक शैक्षिक योजना २०७७ मा उल्लेखित प्रावधान बमोजिम सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका लागि यस समूहमा आबद्ध हुन लाग्ने रकम स्थानीय निकायले व्यहोर्ने भएकाले योजनामा सामेल हुनुअघि स्थानीय निकायको सिफारिश लिनुपर्दछ । यसका अलावा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले चाहेमा आकस्मिक शैक्षिक योजना २०७७ वाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट प्रति सदस्य रु. ९९ मात्र (सरकारी कर र स्वामित्व करवाहेक) प्रति महिनाका दरले नेपाल टेलिकमको काउन्टरमा रकम भुक्तानी गरी पाठशाला CUG सेवा प्राप्त गर्न सक्नेछन् । यसका लागि स्थानीय तहको सिफारिश आवश्यक पर्नेछैन ।

पाठशाला ऋग्न् अफरको अवधि समाप्ति पश्चात् यो अफरका लागि प्राप्त मोबाइल साधारण प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिने छ ।

यस सम्बन्धी थप जानकारीका लागि नजिकको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुहृुन वा कम्पनीको वेबसाइट

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : ३४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ