१० भदौ २०८३, बुधबार | August 26, 2026

अदालतलाई धम्क्याएर बोल्दैनौं, न यता न उता : सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा आफुहरु नबोल्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले भक्तपुरमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सापति देउवाले संसद विघटनबारे अदालतको जस्तोसुकी निर्णय आएपनि मान्ने बताएका हुन् ।

देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएका कारण आफुहरुले अहिले पुनस्र्थापनाको पक्ष या विपक्षमा नबोल्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता । अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने त होइन।’

सभापति देउवाले अदालतप्रति भरोसा रहेको भन्दै सरकारले बदमासी गरेपनि अन्तिम न्याय दिने निकाय अदालत भएका कारण न्यायालयबाट जे निर्णय आउँछ त्यो मान्ने बताएका हुन् । काँग्रेसले जहिले पनि स्वतन्त्र न्यायालयलाई सम्मान गर्दै आएको उनले बताए ।

तर, सभापति देउवाले संसद विघटन गर्ने सरकारको निर्णय असंवैधानिक एवं अलोकतान्त्रिक भएको बताए । संसद विघटन र यसपछिको अवस्थाबारे पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले टुंगो लगाउने उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ०० बजे

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट