५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीका लागि बढुवा सिफारिसमा



काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नौं एसएसपीहरुको बढुवा सिफारिस गरेको हो ।

सिफारिस समितिबाट छनौट भएका एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेपछि नौंजना पुगेको हो । यसअघि ४ जना डिआइजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।

समितिको बैठकले २०४९ चैत्र र वैसाखमा सेवा सुरु गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसमा परेकामध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची हुन् भने एआईजी विश्वराज पोख्रेलको ब्याचबाट दुई जनालाई मात्रै बढुवा गरिएको छ। दिवेश लोहनी र मुकुन्दराज आचार्य मात्रै पोख्रेलका ब्याची हुन्।

बढुवा सिफारिस गरिएकामध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/12/digp-promotion-2077-09-13.pdf”]

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ०६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं