२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

आजको मौसम : लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रको मौसम सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसममा सामान्यतया सफा रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने २ डिग्री सेल्सियसको जस्तै अनुभूत भएको छ ।

आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ को मौसममा आंशिक बदली हुनेछ ।

त्यस्तै लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ४७ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो