१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

गण्डकी प्रदेशमा कोभिड १९ ले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आइएमई ग्रुपको आर्थिक सहयोग



काठमाडौ । आइएमई ग्रुपले प्रदेश नं ४ मा कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरको छ ।

विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई आइएमई ग्रुपले ‘आइएमई भरोसा कोष’ अन्तर्गतको रकम वितरण गरेको हो । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको छ ।

गतहप्ता पौस १० गते शुक्रवार प्रदेश नं ४ को पर्वतमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले संयूक्त रूपमा आवेदक स्व. सन्तोष लामीछानेका बुवा धोलक राज जैसी लाई चेक हस्तान्तरण गरेका हुन् । ।‘आइएमई पे’ वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिएको आइएमई ग्रुपले जनाएको छ ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेको हो । साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने र देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको छ ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ ९२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ४ : ५१ बजे

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously

१५औं महाधिवेशनको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग