१५ असार २०८३, सोमबार | June 29, 2026

‘प्रचण्ड’ र ‘पुष्पकमल दाहाल’ फरक-फरक हुन् : प्रविधिमन्त्री श्रेष्ठ



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ताजा जनादेशका लागि जनतामा जाने कदम कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेकपा काठमाडौं, ओली पक्षले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल र प्रचण्ड फरक-फरक भएको दाबी गरे । नेकपा एमालेसँग एकता गर्दा पुष्पकमल दाहाल भएका उनी फेरि प्रचण्डको रुपमा गलत रूप लिएको दाबी उनले गरे ।

सडकमा पुष्पकमल दाहाल प्रचण्डले छातीमा सूर्य टाँसेर हिँड्दैमा उनीहरुले चिन्ह र आधिकारिकता नपाउने भन्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह दिएमात्रै प्रचण्डले पुष्पकमल भएर चुनाव लड्ने बताए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेकपाको मुलधार र त्यसको संस्थापन प्रधानमन्त्री ओली भएको बताए । पाहुना लागेकाहरुले मुलघरबाट ओलीलाई निकालेको घोषणा गरेको भन्दै उनले व्यङ्ग्य गरे ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ०७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै