२० बैशाख २०८३, आइतबार | May 3, 2026

देशको प्रमुखलाई आफ्नो नेता नमानी अपराधीको रुपमा खडा गर्ने कदम उचित हो ? : बादल



काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पुष्पकमल दाहाल प्रचण्डले गलत तरिकाले घेराबन्दी गरेकाले आफूले साथ छाडेको बताएका छन् ।

गृहमन्त्री थापाले ओलीले चुनावबाट प्रधानमन्त्री र महाधिवेशनबाट पार्टीको नेतृत्व छाड्ने बताइरहेको समयमा आफ्नो पार्टीको नेतालाई नमानी अपराधी जस्तो करार गर्दै आरोपपत्र ल्याएकाले अहिलेको परिस्थिति आएको बताए ।

थापाले संसद विघटन परिस्थितिको उपज भएको भन्दै ठूलो राजनीतिक कूलाई रोक्नका लागि प्रधानमन्त्रीको कदमलाई आफूले समर्थन गरेको बताए । नेता थापाले केन्द्रबाट कारबाही गरेर, पार्टीबाट निष्कासन गरेर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृत्तिलाई किनारा लगाउन नसकिने भन्दै त्यसका लागि पनि जनतामा जानुपर्ने बताए । ‘केन्द्रमा कारबाही गरेर, पार्टीबाट निष्काशित गरेर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न सकिँदैन’, उनले भने, ‘जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृतिलाई किनारा लगाउन सकिन्छ ।’

उनले प्रधानमन्त्रीको कदम संवैधानिक भन्दा पनि राजनीतिक भएको दावी गरे । उनले प्रतिक्रान्ति र कू लाई रोक्नका लागि प्रधानमन्त्रीले जोखिम मोलेर राजनीतिक कदम उठाएको र अदालतले पनि त्यसलाई सदर गर्ने बताए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : २९ बजे

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई