१६ माघ २०८२, शुक्रबार | January 30, 2026

देशको प्रमुखलाई आफ्नो नेता नमानी अपराधीको रुपमा खडा गर्ने कदम उचित हो ? : बादल



काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पुष्पकमल दाहाल प्रचण्डले गलत तरिकाले घेराबन्दी गरेकाले आफूले साथ छाडेको बताएका छन् ।

गृहमन्त्री थापाले ओलीले चुनावबाट प्रधानमन्त्री र महाधिवेशनबाट पार्टीको नेतृत्व छाड्ने बताइरहेको समयमा आफ्नो पार्टीको नेतालाई नमानी अपराधी जस्तो करार गर्दै आरोपपत्र ल्याएकाले अहिलेको परिस्थिति आएको बताए ।

थापाले संसद विघटन परिस्थितिको उपज भएको भन्दै ठूलो राजनीतिक कूलाई रोक्नका लागि प्रधानमन्त्रीको कदमलाई आफूले समर्थन गरेको बताए । नेता थापाले केन्द्रबाट कारबाही गरेर, पार्टीबाट निष्कासन गरेर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृत्तिलाई किनारा लगाउन नसकिने भन्दै त्यसका लागि पनि जनतामा जानुपर्ने बताए । ‘केन्द्रमा कारबाही गरेर, पार्टीबाट निष्काशित गरेर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न सकिँदैन’, उनले भने, ‘जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृतिलाई किनारा लगाउन सकिन्छ ।’

उनले प्रधानमन्त्रीको कदम संवैधानिक भन्दा पनि राजनीतिक भएको दावी गरे । उनले प्रतिक्रान्ति र कू लाई रोक्नका लागि प्रधानमन्त्रीले जोखिम मोलेर राजनीतिक कदम उठाएको र अदालतले पनि त्यसलाई सदर गर्ने बताए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : २९ बजे

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८