१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

महासचिव पौडेल विरुद्ध चुनाव लड्ने युवा नेता राजु गुरुङ्गको घोषणा



वुटवल । नेकपा प्रचण्ड-नेपाल समुहका युवा नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देहीमा आएर चनाव जित्न चुनौती दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङ्गले अर्थमन्त्री पौडेल बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफुले प्रतिस्पर्धा गर्ने बताए । रिपोर्टस क्लबले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी समेत गरे ।

गुरुङले प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन ।

उनले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टी र संविधानलाई धवस्त पार्ने काम गरेको बताउँदै प्रतिनिधि सभा पुनस्थापना नहुदासम्म सडक सघर्ष तताउने बताए ।

“२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलीले संविधानमाथि कु गरिएको छ ” उनले भने । उनले संसद पुनस्थार्पना नै संविधान र देश बचाउने एक मात्र विकल्प भएको बताए ।

उनले प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने कुरा गलत भएको बताउँदै एमसीसीलाई राष्ट्रमा हितमा बनाउनुपर्ने सुझाव मात्रै पार्टीले दिएको तर, प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने कुरा गलत भएको बताए ।

युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारका विरूद्व सडमा आएको बताईन । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताईन ।

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ११ : २४ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु