१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रचण्ड-नेपाल पक्ष कार्यकर्ता बिनाको नेताको मात्र झुण्ड : शंकर पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड-नेपाल पक्षलाई कार्यकर्ता बिनाको नेताहरुको झुण्ड भएको आरोप लगाएका छन् । रुपन्देही जिल्लाका अगुवा कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरु तीर रहेको दाबी गर्दै नेताहरुको झुण्डमात्र बोकेर पार्टी नबन्ने बताए ।

पोखरेलले प्रचण्ड नेपाल पक्ष निर्वाचनसँग डराएर हामी यहाँ छौ भनेर सडकमा बसेको टिप्पणी गरे । अध्यक्ष ओलीकै कारण पार्टी झण्डै २ तिहाईमा आएको पोखरेको दाबी छ । प्रचण्डलाई जिताउन पनि ओली नै जानु पर्ने, माधव नेपाललाई जिताउन पनि ओली नै जानु पर्ने, अनि चुनाव सकिए लगत्तै प्रधानमन्त्री उनीहरुलाई चाहिने ? पोखरेलले प्रश्न गरे ।

पोखरेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा २ तिहाई भएकै बेला विघटनको सिफारिस गरेकाले सिफारिस वैधानिक रहेको दाबी गरे । संसदमा संसदीयदल विघटन नभएको र कानुनीरुपमा संसदीयदलमा २ तिहाई कायम रहेका अवस्थामा प्रधानमन्त्रीको अन्य बिकल्प नरहेकाले सिफारिस अवैधानिक हुनै नसक्ने उनको दाबी छ ।

स्थायी कमिटी सदस्य समेत रहेको पोखरेलले प्रथम अध्यक्ष र महासचिव नभएको पाटी पनि आधिकारीक हुन नसक्ने बताए । उनले बिधान अनुसार हस्ताक्षर चल्ने प्रथम अध्यक्ष र प्रमाणिकरण गर्ने महासचिव जता आधिकारीक पार्टी पनि त्यतै रहने व्यवस्था रहेको स्पष्ट पारे ।

 

 

 

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम