२४ श्रावण २०८३, आइतबार | August 9, 2026

लामो समयदेखि विद्युत् महसुल नबुझाउने १९ ग्राहकको लाइन काटियो



लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ ।

पटक-पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए ।

लाइन काट्न शुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ ।

प्रमुख यादवका अनुसार पहिलो चरणमा रु ५० हजारभन्दा बढी महसुल बक्यौता भएका ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु ३० करोड १६ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ ।

गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १० : १४ बजे

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका