१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

ग्लोबल आइएमई बैंकले १४औं वार्षिकोत्सवको अवसरमा ल्यायो क्यासब्याक योजना



काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैकिङ/ग्लोबल स्र्माट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्र्माट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्नेछन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ ।
यसका साथै बैंकले आफ्ना समस्त ग्राहकहरुमा ग्लोबल स्मार्ट प्रयोग गर्दै बैंकलाई अनवरत रुपमा साथ दिँदै आएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ CDS Clearing  काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : ०१ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि