२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

पत्रकार खनालले गरे पुरस्कारको रकम मानवसेवामा खर्च



बुटवल । रुपन्देहीको बुटवलमा क्रियाशिल पत्रकार कृष्ण खनालले आफुले प्राप्त गरेको पुरस्कार बापतको रकम बुटवल स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । पत्रकार खनालले रुपन्देही उद्योग संघले प्रदान गरेको ‘उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कार’ बाट प्राप्त गरेको ३५ हजार ५ सय ५५ रुपैयाँ मध्ये १० हजार ५ सय रकम मानव सेवा आश्रम बुटवललाई प्रदान गरेका हुन् ।

मंगलबार आश्रममा आयोजित एक कार्यक्रममा पत्रकार खनालले आश्रममा अभिभाव लोकराज भुषाल, नन्दीकिशोर ढकाल, कृष्ण पंगेनी सहित मानव सेवा आश्रम रुपन्देही प्रमुख सरु अधिकारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका १ ढाकावाङ्ग जन्मस्थान भई हाल रुपन्देहीको सैनामैना निवासी खनाल विगत १० बर्ष देखि रुपन्देहीमा पत्रकारिता गरिरहेका छन् ।

सबै विटमा समाचार संप्रषण गरिरहेका खनाल कृषि विटमा विशेष दखल राख्छन् । उनी कृषि पत्रकार समाज लुम्बिनीका संयोजक समेत हुन् ।

कार्यक्रममा बोल्दै पत्रकार खनालले पुरस्कार अन्य रकम अन्य आश्रमहरुलाई समेत प्रदान गरिने प्रतिवद्धता जाहेर गरे ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ४ : २० बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा