६ श्रावण २०८३, बुधबार | July 22, 2026

अबदेखि अन्तरबैंक एटिएम कारोबारमा २० रुपैयाँ शुल्क लाग्ने



काठमाडौ । अन्तरबैंक एटिएम कारोबारमा अबदेखि शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै अन्तरबैंक एटिएम कारोबारमा अबदेखि शुल्क लाग्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्।

यस्तै महिनामा दुई वटा अन्तरबैंक एटिएम कारोबारको शुल्क नलाग्ने राष्ट्र बैंकले जनाएको छ तर सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो। यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ९ : ०४ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा