१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रतिनिधिसभा विघटन सदर गरेर सर्वोच्च अदालतले संविधान संशोधन नगरोस : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सदर गर्न संविधानलाई संशोधन नगर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्चले त्यसलाई उल्ट्याउनुपर्ने बताए । सर्वोच्चले प्रधानमन्त्रीको कममलाई सदर गरे संविधान नै कागजको खोस्टामा परिणत हुने उनले जिकिर गरे ।

सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने श्रेष्ठको तर्क छ । त्यसलाई कुनै पनि हालतमा सहन नसकिने उनले चेतावनी दिए । ‘संवैधानिक अंगको भूमिकाप्रति विश्वस्त छौं,’ उनले भने, ‘तर अदालतलाई संविधान संशोधन गर्ने अधिकार दिइएको छैन, संविधानअनुसार फैसला लिने हो’, श्रेष्ठले भने ।

उनले भने, ुसंविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला गर्‍यो भने संविधान कागजको खोस्टोमा परि‍णत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ । समस्त व्यवस्थामाथि प्रहार हुन्छ । व्यवस्था उल्टिने प्रतिगमनतिरको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै पनि हालतमा सैह्य हुँदेन । त्यसैले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गरोस् भन्ने आग्रह गर्दछौं ।’

श्रेष्ठले प्रधानमन्त्रीले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको आरोप लगाए । पार्टीको स्थायी कमिटी बैठक बसिरहेको र केन्द्रीय कमिटीको बैठक आह्वान भएको अवस्थामा प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेर संविधान मिचेको आरोप लगाए । राजनीतिक दलको आन्तरिक मामिलाका कारण संविधानको हत्या गर्न नपाइने श्रेष्ठको भनाइ छ । आफ्नो पदीय स्वार्थमा घात हुने भयो भन्ने लाग्दैमा पार्टी विधान पनि मान्दिनँ, संविधान पनि मान्दिनँ भन्न नपाइने उनले बताए ।

 

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  २ : ३३ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले