१४ आश्विन २०८३, बुधबार | September 30, 2026

केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फासिस्ट भएको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबार आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संविधानको धारा र अक्षरमा कालो मसी पोतेर ओलीले फासिवादको अभ्यास गरेको आरोप लगाए ।

केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठले ओलीको फासिवादलाई सफल हुन नदिने प्रतिवद्धता जनाए । श्रेष्ठले भने, ‘यसका निम्ति हामी संघर्ष अघि बढाइहेका छौं । हामी संयुक्त संघर्ष अघि बढाउन चाहन्छौं । काँग्रेस र जसपासँग मिलेर अघि बढ्न छलफल गरिरहेकाछौं । सरकारको सानो गुटबाहेक सिंगो देश आन्दोलनमय छ ।’

श्रेष्ठले आफुहरुको संघर्ष सफलतातर्फ अघि बढेको पनि दाबी गरेका छन् । सभामा उपस्थित जनमासले आफुहरुको संघर्ष पुरा हुने क्रममा रहेको उनले दाबी गरेका हुन् ।

नेकपा प्रवक्ता श्रेष्ठले आफुहरु चुनावको पक्षमा रहेको बताउँदै संविधानलाई घात गर्ने चुनावलाई भने अस्वीकार गर्ने प्रष्ट पारे । उनले भने, ओलीले चुनाव गर्न चुनावको नाटक गरेका हैनन् । लोकतन्त्रलाई ध्वंस गर्ने चुनाव हामीलाई अस्वीकार्य छ । त्यस्तो चुनाव हामी खारेज गर्न सक्षम छौं ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : २९ बजे

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति

अझै निकाल्न सकिएन राइनो क्रुज

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा