१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सनराइज बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न, बोनस शेयर र नगद लाभांश बाँडिने



काठमाडौं । सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडज्यूको सभापतित्वमा शुक्रबार सम्पन्न साधारणसभाले बोनस सेयर र नगद लाभांश बाँड्ने निर्णय गरेको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८०% प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८% का दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापक रहेको यो बैंक मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको हो ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेकोमा साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चारसय ९९ रुपैयाँ ३९ पैसा कायम हुन गएको छ ।

देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापारिक घराना समेतलाई सनराइज बैंकको सेवामा आवद्ध छन् ।

बैकले हाल १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ४ : ३७ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको