२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा



बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन् । आज भैरहवामा भएको महासंघ प्रदेशको दोस्रो अधिवेशसनबाट शर्मा बुटवल उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् ।

शर्माले जिल्ला नगरमा २२ मत र एशोसिएट तर्फ ७८ मत प्राप्त गरेका थिए । श्रेष्ठले जिल्ला नगरमा ८ र एशोसिएटमा २३ मत ल्याएका थिए ।

महासंघको प्रदेश अधिवेशनमा अध्यक्ष बाहेक अन्य पदका पदाधिकारीहरु भने निर्विरोध चयन भएको छ । लुम्बिनी प्रदेश शाखाको एशोसिएट उपाध्यक्षमा दिपक कुमार पौडेल र जिल्ला नगर उपाध्यक्षमा बालकृष्ण सुवेदी चयन भएको निर्वाचन समिती प्रमुख बाबुराम पाण्डेले जानकारी दिए । कोषाध्यक्षमा रत्नप्रसाद श्रेष्ठ चयन भएका छन् । पदाधिकारी र कार्यसमिति गरी उद्योग बाणिज्य महासंघको प्रदेशमा ११ सदस्यीय समिति रहने प्रावधान रहेको छ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : १३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा