१६ बैशाख २०८१, आइतबार | April 29, 2024

मौला कालिका मन्दिर खुलेसंगै आन्तरिक पर्यटकको चहलपहल बढ्यो



नवलपरासी । कोरोना भाइरस संक्रमण जोखिमका कारण करिब नौ महिनादेखि सुनसान बनेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-१ मा रहेको मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ ।

गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो ।

नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

१६औँ शताब्दीको इतिहास बोकेको सो मन्दिर धार्मिक हिसाबले देशभर तथा छिमेकी मुलुक भारतमा समेत प्रख्यात भएकाले धार्मिक तीर्थयात्रीका लागि महत्वपूर्ण गन्तव्य बनेको सापकोटाको भनाई छ । “कोभिड-१९ सङ्क्रमणको त्रासका कारण लामो समयसम्म मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोकेका थियौँ”, मन्दिरका अध्यक्ष सापकोटाले भने, “पुस १ गतेदेखि धार्मिकस्थल खुला गर्ने निर्णयसँगै हामीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर खुला गरेका हौँ ।”

मन्दिर खुला भएसँगै नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आउन शुरु भएको उनले बताए ।
करिब दुई किलोमिटरको पैदलयात्रापछि मन्दिरमा पुग्न सकिने भन्दै सापकोटाले भने “मन्दिरमा पुग्नका लागि एक हजार ८८२ वटा खुट्किला चढ्नुपर्छ ।” मन्दिरमा खुट्किला निर्माण भएसँगै मन्दिरमा दर्शनका लागि आउने भक्तालुहरुलाई सजिलो भएको उनको भनाइ छ ।

मौला कालिका मन्दिरलाई पवित्र तीर्थस्थल देवघाटधामसँग जोड्नका लागि समेत पदमार्ग निर्माण गरिएको छ । करिब तीन हजार ४०० मिटर लम्बाइको पदमार्गले देवघाट र मौला कालिका मन्दिरका धार्मिक पर्यटकलाई जोड्नका लागि सहयोग गर्ने पदमार्ग निर्माण समितिका संयोजक टङ्कनाथ पौडेलले बताए । “देवघाट आएका धार्मिक पर्यटकलाई मौला कालिका मन्दिरसम्म पु¥याउन हामीले पदमार्ग निर्माण गरेका हौँ”, पौडेलले भने । “पदमार्गका कारण देवघाट र मौला कालिका मन्दिरको दूरीसमेत छोटिएको छ ।”

पदमार्ग निर्माण नहुँदै देवघाट आएका तीर्थयात्रीलाई मौला कालिका मन्दिर पुग्न नारायणगढ भएर जानुपर्ने बाध्यता थियो । पदमार्ग निर्माणपछि देवघाटबाट मौला कालिका जान चाहने धार्मिक पर्यटकको समयको समेत बचत भएको र यसले दुवै ठाउँमा पर्यटक बढाउन सहयोग पुगेको पौडेलको भनाई छ ।

सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन नेपाल प्रहरीले मात्रै सुरक्षा दिँदै आएको मन्दिरमा सार्वजनिक बिदा र चाडपर्वका दिनमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत परिचालन गरिएको पौडेलले बताए । मन्दिर र पदमार्गस्थलमा फोहर हुन नदिन विभिन्न सङ्घसंस्थाको सहकार्यमा नियमित सरसफाइ गरिँदै आएको जनाएको छ । रासस

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ०२ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क