२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई पर्यटनसँग जोडिने



काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न विकास समिति गठन गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेशमार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया सुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका छन् ।

आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।

पृथ्वीनारायण शाहको एकीकरणको अभियान नुवाकोटबाट सुरु भएर विजय प्राप्ति भएको र देहवसान पनि नुवाकोट मै भएकोले चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले संरक्षण गर्न गठन आदेशमार्फत विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।

सरकारले अग्रज र पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने पनि मन्त्री ढकालले बताए ।

पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियान्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको पनि बताए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : २२ बजे

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार

संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका

मातातीर्थ औँसीमा नबिल बैंकले बनायो सन्देशमूलक भिडियो

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको