१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एक महिनादेखि डोल्पामा टेलिफोन सेवा प्रभावित



डोल्पा । हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ । एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन ।

जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ । बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताउँछन ।

मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए । सदरमुकाम दुनैको फोन सेवा काम नलाग्ने भएको छ, कैयौंपटक डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै,’ उनले भने ।

दुनैको फोन सेवाले काम नगरेकै कारण फोन गर्नकै लागि घन्टौँ हिँडेर सदरमुकाम दुनै पुगेको उनले बताए । ‘पैसा भने काटिन्छ, कुराकानी हुँदैन,’ उनले गुनासो गरे । कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन ।

‘फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घन्टौँ कुर्नु परिरहेको छ,’ डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले भने । जिल्लामा बाँडिएको एडिएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंकहरू प्रभावित भएका छन ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ०८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम