३ चैत्र २०८२, मंगलबार | March 17, 2026

निर्वाचन गतिविधि रोक्न निर्वाचन आयोगसमक्ष प्रचण्ड-नेपाल पक्षको आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी भैरहेको निर्वाचनसम्बन्धी गतिविधि रोक्न आयोग समक्ष माग गरेका हुन् ।

त्यसक्रममा प्रचण्ड-नेपाल नेकपाले आयोगलाई अदालतको फैसला नआउने बेलासम्म निर्वाचन गतिविधि गर्न नपाइने जानकारी गराएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले आयोगलाई निर्वाचन गतिविधि रोक्न माग गरेको थियो ।

निर्वाचन गतिविधि अघि बढाउँदा सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा समेत प्रभावित हुने उनीहरुको तर्क रहेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा विधाराधीन हुँदाहुँदै निर्वाचन गतिविधि अघि बढाउनु अनुचित र असंवैधानिक भएको उनीहरुको ठहर छ ।

‘प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेलामा निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै हो भन्यौं’, अधिवक्ता एवं प्रचण्ड नेपाल पक्षका नेता रामनारायण विडारीले बताए ।

त्यसक्रममा आयोगका पदाधिकारीहरुले भने तटस्थतामा शंका नगर्न आग्रह गरेका थिए । उनीहरुले सरकारले निर्वाचनको मिति तोकेपछि आयोगले काम अघि बढाउनुपर्ने जनाएका थिए ।

यसैगरी अध्यक्षद्वय प्रचण्ड र नेपालले पार्टी एकता र त्यसपछि बुझाएका सबै कागजातको कपि माग गरेका छन् । २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात माग गरेका हुन्।

प्रचण्ड, नेपालले आयोगलाई आवश्यक थप कागजपत्र उपलब्ध गराउन तयार रहेको भन्दै पार्टीको आधिकारिकताबारे छिटो टुंगो लगाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ५९ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै