१ माघ २०८१, मंगलबार | January 14, 2025

निर्वाचन गतिविधि रोक्न निर्वाचन आयोगसमक्ष प्रचण्ड-नेपाल पक्षको आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी भैरहेको निर्वाचनसम्बन्धी गतिविधि रोक्न आयोग समक्ष माग गरेका हुन् ।

त्यसक्रममा प्रचण्ड-नेपाल नेकपाले आयोगलाई अदालतको फैसला नआउने बेलासम्म निर्वाचन गतिविधि गर्न नपाइने जानकारी गराएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले आयोगलाई निर्वाचन गतिविधि रोक्न माग गरेको थियो ।

निर्वाचन गतिविधि अघि बढाउँदा सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा समेत प्रभावित हुने उनीहरुको तर्क रहेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा विधाराधीन हुँदाहुँदै निर्वाचन गतिविधि अघि बढाउनु अनुचित र असंवैधानिक भएको उनीहरुको ठहर छ ।

‘प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेलामा निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै हो भन्यौं’, अधिवक्ता एवं प्रचण्ड नेपाल पक्षका नेता रामनारायण विडारीले बताए ।

त्यसक्रममा आयोगका पदाधिकारीहरुले भने तटस्थतामा शंका नगर्न आग्रह गरेका थिए । उनीहरुले सरकारले निर्वाचनको मिति तोकेपछि आयोगले काम अघि बढाउनुपर्ने जनाएका थिए ।

यसैगरी अध्यक्षद्वय प्रचण्ड र नेपालले पार्टी एकता र त्यसपछि बुझाएका सबै कागजातको कपि माग गरेका छन् । २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात माग गरेका हुन्।

प्रचण्ड, नेपालले आयोगलाई आवश्यक थप कागजपत्र उपलब्ध गराउन तयार रहेको भन्दै पार्टीको आधिकारिकताबारे छिटो टुंगो लगाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ५९ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती