८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रचण्ड-नेपाल नेकपाले निर्वाचन आयोगलाई पुनः बुझायो ५ पन्ने पत्र, अविलम्ब विवाद निरुपण गर्न माग



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगसमक्ष पुनः आधिकारिकताको माग गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु शुक्रबार आयोग पुगेर अलिबलम्ब आधिकारिकताको विवाद निरुपण गर्न आग्रह गरेका छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पाँच पृष्ठ लामो पत्र आयोगलाई बुझाउँदै आफुहरु नै आधिकारिकत नेकपा भएको दाबी गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक बस्ने जानकारी दिँदै अब प्रक्रिया सुरु गर्ने बताएका छन् । आयोग पुगेका नेता राजेन्द्र पाण्डेले भने, ‘तत्काल विवाद निरुपण होस भनि निवेदन दिएका छौं । आइतबार आयोगको बैठक बसेर प्रक्रिया अघि बढाउने आश्वासन प्रमुख आयुक्तबाट पाइएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटिसकेको छ । तर, कानुनी रुपमा निर्वाचन आयोगले अझैसम्म पनि दल विभाजनको मान्यता दिएको छैन । प्रचण्ड नेपाल पक्षले आजसहित तीन पटक आफ्नो आधिकारिकता दाबी गर्दैै विवाद निरुपण गर्न आयोगलाई निवेदन दिएको छ ।

आयोगले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएको थियो । सो केन्द्रीय कमिटीमा प्रचण्ड नेपाल पक्षको स्पष्ट बहुमत रहेको छ । गत माघ २० गते प्रचण्ड नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै आधिकारिताको माग दाबी गरेको थियो ।

आयोगले नेकपा विवाद निरुपण नगर्दै राजनीतिक अन्यौल बढेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विज्ञप्ति नै जारी गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ०१ बजे

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी