२२ बैशाख २०८१, शनिबार | May 4, 2024

चिडिमार ३४ घरपरिवारले पाए पक्की घर



बाँके । कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका ३४ घरपरिवार चिडीमारले नयाँ पक्की घर उपहार पाएका छन् ।

सुदुरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत त्यहाँका ३४ घर चिडीमारले नयाँ पक्की घर उपहार पाएका हुन् । बराण्डा र शौचालयसहित दुई कोठे नयाँ पक्की घर पाएपछि चिडीमार बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग र प्रफुल्लित छन् ।

“हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि विनोद चिडिमारले भन्नुभयो, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।” “पहिले माटोको घर थियो । सरकारले पक्की घर बनाइदियो”, उनले भने, “हामी खुशी छौं । पक्की घरमा बस्न पाएका छांै ।” पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका चिडीमारका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ ।

शहरी विकास तथा भवन कार्यालय, बाँकेले कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका दुई ठाउँ गरेर ३४ पक्की घर बनाएका छन् । एक ठाउँमा १५ र अर्को ठाउँमा १९ गरी कार्यालयले कूल ३४ नयाँ पक्की घर बनाइदिएको हो । कार्यालयका प्रमुख रामआश्रय शाहले आर्थिक वर्ष २०७६/७७ मा चिडिमारलाई ६१ घर बनाइदिएको जानकारी दिए। उनकाअनुसार कोहलपुर वडा नं १२ मा ३४, १४ मा १५ र १५ नंमा १२ घर बनिसेकका छन् । आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकरको सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : ३७ बजे

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।