७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ब्यवसायिक कृषिका लागि आर्थिक अनुदान, एकीकृत नमूना कृषि फार्मका लागि १६ फार्म छनौट



बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ वटा कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् ।

यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो । आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्घ सरकारको रु ७० लाख र गाउँपालिकाको रु ४२ लाख बजेट छ ।

“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ”, उनले भने, “कामको प्रगति र मूल्याङ्कनका आधारमा किस्तामा अनुदान दिन्छौँ ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ । बाख्रापालनका लागि उक्त फार्मले रु १६ लाख ५० हजार अनुदान पाउनेछ ।

त्यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि रु छ लाख, वडा नं १ कै चगाडी अग्र्यानिक कृषि फार्मलाई रु तीन लाख अनुदान छुट्टाइएको छ । तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले रु तीन लाख, सोही वडामा बाख्रपालनका लागि थामी कृषक समूहले रु १३ लाख ५० हजार र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु १२ लाख अनुदान पाउने भएका छन ।

सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा रु नौ लाख अनुदान छुट्याइएको छ । हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु तीन लाख, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले रु पाँच लाख, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि रु दुई लाख र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले रु दुई लाख अनुदान पाउनेछ ।

वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले रु एक लाख, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि रु १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले रु १२ लाख अनुदान पाउने भएको छ ।

त्यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि रु १६ लाख र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि रु १० लाख अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए । रासस ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ४२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल