२३ श्रावण २०८३, शनिबार | August 8, 2026

ब्यवसायिक कृषिका लागि आर्थिक अनुदान, एकीकृत नमूना कृषि फार्मका लागि १६ फार्म छनौट



बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ वटा कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् ।

यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो । आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्घ सरकारको रु ७० लाख र गाउँपालिकाको रु ४२ लाख बजेट छ ।

“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ”, उनले भने, “कामको प्रगति र मूल्याङ्कनका आधारमा किस्तामा अनुदान दिन्छौँ ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ । बाख्रापालनका लागि उक्त फार्मले रु १६ लाख ५० हजार अनुदान पाउनेछ ।

त्यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि रु छ लाख, वडा नं १ कै चगाडी अग्र्यानिक कृषि फार्मलाई रु तीन लाख अनुदान छुट्टाइएको छ । तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले रु तीन लाख, सोही वडामा बाख्रपालनका लागि थामी कृषक समूहले रु १३ लाख ५० हजार र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु १२ लाख अनुदान पाउने भएका छन ।

सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा रु नौ लाख अनुदान छुट्याइएको छ । हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु तीन लाख, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले रु पाँच लाख, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि रु दुई लाख र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले रु दुई लाख अनुदान पाउनेछ ।

वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले रु एक लाख, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि रु १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले रु १२ लाख अनुदान पाउने भएको छ ।

त्यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि रु १६ लाख र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि रु १० लाख अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए । रासस ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ४२ बजे

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर