१५ असार २०८३, सोमबार | June 29, 2026

केपी ओली राजनीतिक जोक्कर बने : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक जोक्करको संज्ञा दिएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षले प्रचण्डले केपी ओलीले जोक्करले जस्तो छलछाम गर्ने र प्रहसन गर्ने मात्रै काम गरेको बताएका हुन् ।

प्रचण्डले ओलीमा अलिकति पनि लाज नभएको जिकिर गरे । झुठो कुरा भन्ने र आम जनतालाई छक्याउने विचित्रको क्षमता ओलीमा रहेको भन्दै प्रचण्डले ढाँट्नका लागि उनी माहिर रहेको बताए । यसले ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न गर्ने अवस्था आएको उनको आरोप छ ।

प्रचण्डले आफुहरुलाई ओलीले भगौडा भनेकोमा व्यंग समेत गरे । उनले भने, ‘उहाँले हामीलाई भगौडा भन्नुभएछ। ३० प्रतिशत पनि नभएको रैनाथे, ७० प्रतिशत हुने भगौडा हुने ?  बैठक बसौं भन्दा बस्न नमान्ने, अनि बैठक छोडेर विधान मिचेर निरंकुश तरिकाले पार्टीलाई लात हानेर भाग्ने चाहीँ भगौडा नहुने ?’ प्रचण्डले अहिले ओली समूहले प्रहसन र कमेडी शो गरेको समेत आरोप लगाए ।

प्रचण्डले निर्वाचन आयोगबाट पार्टीको नाम र सूर्य चिन्ह आफुहरुले नै पाउने विश्वास व्यक्त गरे । उनले निर्वाचन आयोगले केपी ओलीले जस्तै संविधान, विधान र कानून नमिच्ने विश्वास व्यक्त गर्दै ओलीको प्रभावले आयोगले गलत निर्णय गरेमा आँधीबेहरी आउने चेतावनी समेत दिए ।

अध्यक्ष प्रचण्डले जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए। ओलीका कारण राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेकोा बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : १७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै