१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्रीलाई विद्यार्थीको निम्तो, – संविधान पढ्न ल क्याम्पस आउनु !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका सह– संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको बताए । संविधानको सहि व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधिशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।

अनेरास्ववियुका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नदिएको जिकिर गरे । प्रधानमन्त्री ओलीलाई संविधानले धेरैदिन बालुवाटार बस्ने अधिकार नदिएको उनको भनाइ छ ।

अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ । असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : ५७ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक