१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नबिल बैंकको साधारणसभा सम्पन्न, ३५.२६५ प्रतिशत लाभांश पारित



काठमाडौं । नबिल बैंकले ३६औं वार्षिक साधारणबाट ३५.२६५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

नबिल बैंक आव २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति सेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको सेयर पुँजी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।

सभामा बोल्दै अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताए । उनले भने, ‘हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं ।

बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको छ । बैंकले स्थापनाकालदेखि हालसम्म रू।२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।’

अध्यक्ष पौड्यालले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ४३ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously