१६ माघ २०८२, शुक्रबार | January 31, 2026

देवघाट स्नानका लागि नि:शुल्क जलयात्रा



नवलपुर । पवित्र तीर्थस्थल देवघाटधामको वेणी सङ्‍गममा माघे सङ्‍क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि नि:शुल्क जलयात्राको व्यवस्था गरिएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका हुँदै वेणी सङ्‍गममा स्नानका लागि आउने तीर्थयात्रीका लागि नि:शुल्क र्‍याफ्टिङ बोटको व्यवस्था गरिएको हो ।

वडा नं ३ ले वेणीमा स्नान गर्न जाने तीर्थयात्रीलाई नि:शुल्क कालीगण्डकी नदी तर्ने व्यवस्था गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए । “माघे सङ्‍क्रान्तिमा गैँडाकोटको शिलान्यास चोक हुँदै वडा नम्बर ३ को केलादीघाटदेखि वेणीमा स्नानका लागि जाने तीर्थयात्रीका लागि यस वर्ष नि:शुल्करुपमा नदी तर्ने व्यवस्था गरेका छौँ,” तिवारीले भने, “चितवनतर्फबाट वेणीमा जाँदा बाटोमा भीडभाड तथा जाम हुने समस्या भएकाले नवलपरासी र पश्चिमबाट आउने तीर्थयात्रीलाई हामीले नवलपरासीबाटै वेणी जाने व्यवस्था गरेका हौँ ।”

वडा नं ३ बाट देवघाटको वेणी सङ्‍गममा जानका लागि कालीगण्डकी नदी तर्नुपर्ने भएकाले नि:शुल्क र्‍याफ्टिङ उपलब्ध गराइएको तिवारीको भनाइ छ । अघिल्ला वर्षहरुमा वेणीमा पुगेर माघे सङ्‍क्रान्ति स्नानमा समस्या भएर तीर्थयात्री फर्किनुपरेको गुनासो आएपछि यस पटक वडा कार्यालयले नदी तर्ने व्यवस्था गरेको उनले बताए ।

नवलपरासीको बाटो भएर सिधै वेणी सङ्‍गममा जानका लागि गैँडाकोटको शिलान्यास चोकबाट ब्रिटिस क्याम्प हुँदै केलादीघाटमा पुग्न सकिने वडाध्यक्ष तिवारीले जानकारी दिए । देवघाटधाम नवलपरासी, चितवन र तनहुँको सिमानामा पर्ने भए पनि चितवन र तनहुँको तुलनामा नवलपरासीतर्फको क्षेत्र ओझेलमा परेकाले यसको प्रचारप्रसारका लागिसमेत नयाँ योजना अगाडि बढाइएको तिवारीले बताए ।

अघिल्ला वर्षहरुमा देवघाट धाममा माघेसङ्‍क्रान्ति स्नानका लागि एक लाखभन्दा बढी तीर्थयात्री आउने गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । देवघाटमा स्नानका लागि नवलपरासी, चितवन, तनहुँसहित देशका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका घिमिरेको भनाइ छ । रासस

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ४२ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी