२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ईन्टरनेशनल स्कुल अवार्ड (आईएसए) परियोजना कार्यक्रम प्रदर्शन गरेका छन ।

परियोजना प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले समाजिक तथा शैक्षिक गतिविधिबारे तयार पारेका सामाग्रीहरु विद्यालयमा प्रदर्शन गरेका थिए । अक्सफोर्डले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वको जुनसुकै कुनाका नागरिकसँग हेलमेल हुनेसक्ने वातावरण सृजना गर्न आईएसए प्रोजेक्ट लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको विद्यालयका प्राचार्य दिनेश भुषालले जानकारी दिए ।

आईएसए परियोजनाले विद्यार्थीलाई सामाजिक घुलनमिलनको सीप सिकाउनुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोगि सावित हुने भुषालले बताए ।

परियोजनाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यार्थीहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न विद्यालय स्तरमा सिकाई स्तरलाई बढाउनु पर्ने बताए ।

उनले स्थानीय पाठ्यक्रमलाई समेत जोडेर विभिन्न परियोजनाहरू तयार पार्दै शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो सिकाइ हुने र विद्यार्थीहरूमा सिकाइप्रति रुचि बढ्ने विश्वास ब्यक्त गरे ।

विद्यार्थीले प्रशर्दन गरेको आईएसए प्रोजेक्ट कार्यक्रमको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख रामप्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालयका पूर्व सह-परीक्षा नियन्त्रक पशुपति अधिकारी, हिसान रूपन्देही अध्यक्ष कृष्णप्रसाद पौडेल, सिद्धेश्वरी लालकुमारी माविका प्राचार्य गोपीकृष्ण भण्डारी, अक्सफोर्ड टोल विकास संस्थाका अध्यक्ष विष्णुहरि पाण्ड, परियोजनाका संयोजक यशु भुसाल लगायतले आईएसए जस्ता सिर्जनशील गतिविधिका प्रदर्शन लगायतका कार्यक्रमले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने तथा विद्यालयले पनि अन्तर्राष्ट्रिय मान्यता पाउने हुँदा यस्ता परियोजनाको उपादेयता विशिष्ट रहेको धारणा राखे । सोही अवसरमा विद्यालयले दोस्रो त्रैमासिक नतिजा समेत प्रकाशन गरेको छ ।

अनलाईन (भर्चुअल) तथा फिजिकल रुपमा कक्षासँचालन गर्दै आएको आक्सफोर्डले हालै संचालन गरेको प्रावि, निमावि र माविको त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : ०३ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन