२३ बैशाख २०८१, आइतबार | May 6, 2024

लभ स्टोरीमा आधारित ‘एक लभर’ सार्वजनिक



काठमाडाैं । ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ । लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो ।

नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ । रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो छ । चलचित्रमा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, चलचित्रलाई निर्देशक ज्ञवालीले सुखद् अन्त्य गरिदिएका छन् ।

प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलियापुग्छे, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे । तर, एक वर्षपछि जब तीयुवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे, त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जिवन बाँचिरहेका हुन्छन् ।

निर्देशक ज्ञवालीका अनुसार यस्तो खालको घटना नेपाली समाजमा निरन्तर घटिरहेको छ । त्यसैलाई आधार मानेर चलचित्र निर्माण गरिएको हो । चलचित्र निर्माणका लागि निर्माता दुर्गा प्रसाद ज्ञवालीले १० लाख लगानी गरेका छन् । उनले भने, ‘हामीले सुनेको तर देख्न नपाएका यस्ता धेरै पात्र छन्, जसले कुनै न कुनै सन्देश दिन्छन् ।’

एक महिनाको लामो समयमा खिचिएको चलचित्र त्यसको ३ महिना पछि वर्ल्डप्रिमियर गरिएको हो । निर्देशक ज्ञवालीले यस अघि डार्कमुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइएमसरी, ह्युमानिटी लगायतका चलचित्र सार्वजनिक गरिसकेका छन ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ ।

राम्रो इन्टरटेनमेन्टको सह निर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।

एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो ।

चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : ११ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa