१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रचण्ड नेपाल पक्षीय नेकपाको स्थायी कमिटी बैठक आज पनि



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विरुद्धको आन्दोलनका थप कार्यक्रम र संगठन निर्माणबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेकपाले पार्टी औपचारिक रुपमा फुटिसकेका कारण देशभरको संगठन विस्तारलाई केन्द्रित गर्नेगरी रणनीति बनाउन लागेको हो ।

प्रचण्ड–नेपाल पक्षले महासचिवल लगायत ओली पक्षीय नेताहरुको स्थानमा को कोलाई ल्याउने, पार्टी एकताको बाँकी काम पुरा गर्ने विषयमा साझा धारणा बनाउन बाँकी छ ।

तर, सरकार विरुद्धको आन्दोलनलाई सशक्त बनाउने बिषयमा भने नेताहरु एकमतका साथ अघि बढिरहेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दासहित नेकपा यतिबेला सडक आन्दोलनमा छ ।

स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा, पार्टीको नाम र चुनाव चिन्हबारे निर्वाचन आयोगमा भैरहेको कामबारे पनि छलफल हुने बताइएको छ ।

 

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : ४४ बजे

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन