२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता : टिम रावत र साइपाल फाइनलमा



काठमाडौं । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित ग¥यो । टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२–११ को झीनो अन्तरले हरायो । गल्र्समा सूर्योदय ‘बी’ फाइनलमा पुग्यो । सूर्योदय ‘बी’ ले साइपाल ‘बी’ लाई ८–६ ले पाखा लगायो । विजयी टिमका लागि विपना गिरीले ५ स्कोर गरिन् । उपाधिका लागि सूर्योदय ‘बी’ ले सूर्योदय ‘ए’ र भीएस कलेजबीचको विजेतासंग खेल्ने छ ।

प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : २८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय