१ भदौ २०८३, सोमबार | August 17, 2026

प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता : टिम रावत र साइपाल फाइनलमा



काठमाडौं । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित ग¥यो । टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२–११ को झीनो अन्तरले हरायो । गल्र्समा सूर्योदय ‘बी’ फाइनलमा पुग्यो । सूर्योदय ‘बी’ ले साइपाल ‘बी’ लाई ८–६ ले पाखा लगायो । विजयी टिमका लागि विपना गिरीले ५ स्कोर गरिन् । उपाधिका लागि सूर्योदय ‘बी’ ले सूर्योदय ‘ए’ र भीएस कलेजबीचको विजेतासंग खेल्ने छ ।

प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : २८ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको